दुई जना मृतावस्थामा फेला

काठमाडौँ, २३ माघ । देशका विभिन्न स्थानमा दुई जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका-९ बथानचौडीस्थित सामुदायिक वनभित्र रहेको खोल्सामा सोही नगरपालिका-९ अमाहा बस्ने ७८ वर्षीय जित बहादुर मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । माघ ६ गतेदेखि हराई बेपत्ता भएका उनको उक्त स्थानमा शव फेला परेको हो । 

त्यस्तै रसुवाको आमाछोदिङ्मो गाउँपालिका-३ खर्पुडाँडास्थित चौरी गोठमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका