अवरुद्ध उत्तर-दक्षिण कोसी राजमार्ग पुनः सञ्चालन

सङ्खुवासभा, २३ माघ । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी–किमाथांका सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । 

सडकमाथिबाट ठुल्ठूला ढुंगासहितको सुक्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो । सो सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्छ । पहिरो खसेपछि उत्तरी क्षेत्रका भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या थियो । 

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने बस, बोलेर गाडी र दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेला–बेला कोसी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । शनिबार बिहान सडक खन्दै गरेका बेला पहिरो खस्दा स्काभेटरका सहचालक घाइते समेत भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण