सूर्यविनायक धुलिखेल सडक विस्तार : घरटहरा हटाउन थालियो

भक्तपुर, २३ माघ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ । साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि आजैदेखि भत्काउन थालिएको छ । 

अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचनादेखि नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर लगाएर भत्काउन सुरु गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए । 

सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाले विगत एक वर्षदेखि जगातीबारदेखि साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई चरणमा एकैसाथ सडक विस्तार भइरहेको छ । कार्य क्षेत्रमा खटिएका आयोजनाको इञ्जिनीयर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकारभित्र रहेका अस्थायी संरचना भत्काउन सुरु गरिएको बताए ।

सडक मापदण्डभित्र रहेका संरचना नभत्काइँदा सडक विस्तारमा अवरोध आएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा आयोजना प्रमुख, भक्तपुरका प्रहरी प्रमुख र सूर्यविनायक नगरपालिकालगायत सरोकारवाला निकायबिच भएको छलफलपछि प्रजिअ श्रेष्ठको निर्देशन र समन्वयमा त्यस्ता संरचना हटाएर सडक विस्तारमा सहजीकरण गर्न नगरबासीलाई पत्राचार गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान