कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ । 

प्रधानमन्त्री प्रचण्ड युगान्डामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ गएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्कालाई तोकिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तुलसीपुर, १८ कार्तिक । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर

बझाङ, १८ कार्तिक । अरिंगालको टोकाइबाट  बझाङका दुई जना बालकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३

हुम्ला, १८ कार्तिक । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही

काठमाडौँ, १८ कार्तिक । आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत