प्रधानमन्त्रीद्वारा सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयसहितका निकायलाई उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताए ।

सहकारी समस्या समाधानको दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न भूमि व्यवस्था सहकरी तथा गरिबी निवारण मन्त्रालय र अन्य सरोकारवाला निकायलाई निर्देशन दिए ।

सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको उनले बताए । ‘सहकारीसम्बन्धी हाल कार्यरत नियामक संस्थाहरुले राम्रो, संकटमा रहेका र डुबेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्नुस्,’ उनले निर्देशन दिंदै भने । उनले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तिन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औल्याए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । अगामी चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौँ, ३० माघ । चलचित्र ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । निर्माता सुशील पोखरेलले जितुलाई चलचित्रमा अनुबन्ध

काठमाडौँ, २९ माघ । चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलरमा सस्पेन्स र

काठमाडौँ, २८ माघ । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको