मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

काठमाडौँ, ३ माघ । गएको माघ १ गतेदेखि काठमाडौँमा फेरि आउन थालेको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ । मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेको हो । पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणको क्रममा केहीबेर पानी धमिलो आउनसक्ने भए पनि फेरि सफा र शुुद्ध पानी नै आउने मन्त्रालयको भनाइ छ ।

यस्तै मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । मन्त्रिपरिषद्को बैठक आज अपराह्न पाँच बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा शिक्षक आन्दोलन, गभर्नर