जिल्ला खटिने नेतालाई कांग्रेसले अभिमुखीकरण गर्ने

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसले जिल्ला खटिने नेताहरुलाई अभिमुखीकरण गर्ने भएको छ ।

माघ ७ देखि २२ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अभियानमा जाने केन्द्रीय नेताहरुलाई अभिमुखीकरण गर्न लागेको हो । ७७ जिल्लामा केन्द्रीय नेताहरु खटाएर कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्दैछ ।

जिल्ला जाने नेताहरुले आन्तरिक संगठन र समुदायमा पुगेर पार्टीको अभियान चलाउने छन् । पार्टीभित्रको संगठन सुदृढीकरण साथै नागरिक तहमा पुगेर उनीहरुको आवाज सुन्ने गरी कांग्रेसले अभियान घोषणा गरेको छ । जिल्ला जाने नेताहरुले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिने भएको छ । प्रतिनिधि खटिने नेताहरुले जिल्लामा गएर गर्नुपर्ने भूमिकाका विषयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधिहरुलाई प्रशिक्षित गर्ने छन् । अभिमुखीकरण कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसोका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज