रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ३ माघ । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले रुसी सेनामा कार्यरत नेपाली युवाहरूलाई स्वदेश फर्किने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएकी छिन् । 

हालै लमजुङका साजन गुरुङ नेपाल फर्किन प्रयत्न गर्दा पनि सफल नभई युद्धमा ज्यान गुमाएको घटनाबारे अवगत गराउँदै अन्य युवाहरू पनि नेपाल फर्किन नपाएकोले सरकारी तवरबाटै यो समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको माझीले बताइन् । 

भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा नेपाली युवाहरूको सहभागितालाई गम्भीरतापूर्वक लिएको र यसलाई रोक्न तथा त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा रुसी सरकारलाई  जानकारी गराइएकोले बताए । साथै कूटनैतिक पहल मार्फत नेपाली युवाको शव नेपाल ल्याइने प्रचण्डले बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज