ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १०% छुट पाउने भएका छन् ।

बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम ३०० सम्म छुट पाउनेछन् । उक्त छुट योजना यहि माघ महिनाभरी मात्र लागू हुनेछ । 

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४