तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ : नेता कोइराला

विराटनगर, २ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैँचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले देशमा भ्रष्टाचार मौलाएकोले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिए । उनले संघीयदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाए को दाबी गरे ।

“सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन,” उनको भनाइ थियो, “सुशासनबिना देशको विकास सम्भव छैन । सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ ।”

उनले कांग्रेस सधैँ पहिचानको पक्षमा रहेको बताए । “कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,” उनले भने, “पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहीँ कतै तुस छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, ३ फागुन । हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।