माओवादी केन्द्रको विधान महाधिवेशनमा १ हजार रुपैयाँ शुल्क

काठमाडौँ, २ माघ । माओवादी केन्द्रले आगामी फागुन पहिलो साता हुने पार्टीको विधान महाधिवेशन हलमा प्रवेशका लागि १ हजार रुपैयाँ शुल्क तोक्ने निर्णय गरेको छ ।

गत पुस २८ गते बसेको पार्टीको स्थायी समिति बैठकले महाधिवेशनमा प्रतिनिधिहरूले हल प्रवेश गर्नुभन्दा पहिले आफूले बुझाउन बाँकी लेवी र प्रवेश शुल्क अनिवार्य रुपमा बुझाउनु पर्ने निर्णय गरेको छ ।

विधान अधिवेशनमा केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू र केन्द्रीय आयोगका सदस्यहरू पदाधिकारी हुन पाउनेछन् । यस्तै प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू,  केन्द्रीय ज.व.स./मोर्चाका प्रमुखहरू विधान अधिवेशनका प्रतिनिधिहरु हुने माओवादीले जनाएको छ ।

विधान अधिवेशन फागुन १ देखि ३ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको भवन  कमलादी काठमाडौँमा गर्ने निर्णय माओवादीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने