परिसूचक नेप्से ५४.५४ अंकले बढ्यो

काठमाडौँ, २ माघ । आज सेयर बजार परिसूचक नेप्से एकैदिन ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको छ । त्यसो त यस दिन कारोबारमा समेत रेकर्ड राख्दै ८ अर्ब माथिको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । यसदिन १३ वटै उपसूचक धनात्मक हुँदा अधिकांश उपसूचक २ प्रतिशत माथिले बढेका छन् । फाइनान्स समूह ४.७५ प्रतिशतले बढेको छ भने इनभेष्टमेन्ट समूह ३.७० प्रतिशतले, हाइड्रोपावर समूह ३.५१ प्रतिशतले र माइक्रोफाइनान्स समूह ३.०२ प्रतिशतले बढेको छ । अरु बाँकी उपसमूह २ प्रतिशत कमले बढेका छन् । 

आज बुटवल पावर कम्पनी लि, युनाइटेड मोदीस हाइड्रोपावर लि, हिमालयन पावर पार्टनर लि, एनआरए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि र नेपाल वेयरहाउजिङ्ग कम्पनी लि.को सेयर मूल्यमा सर्किट लागेको छ भने डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने