फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

काठमाडौँ, २ माघ । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भएका सूर्य बहादुर दवाडी छन् । ७० वर्षीय दवाडीलाई मुद्दा फैसला भएको  २१ वर्षपछि पक्राउ गरिएको हो । २०५९ फागुन २८ मा दवाडीले अंश सम्बन्धी विषयमा विवाद हुँदा पत्नी सानुमाया दवाडीको हत्या गरेका हुन् । पत्नीलाई कुटेर हत्या गरेपछि उनले नाम्लोले घाँटीमा बाँधेर रुखमा झुण्याए । त्यसपछि आत्महत्या गरेको भन्दै बुढी गण्डकीमा लगेर जलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

जिल्ला अदालत धादिङले २०६१ जेठमा उनलाई सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । उनी लामो समय भारतमा लुकेर बसेको र नेपाल प्रवेश गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको हो । उनी रुपन्देहीको सिद्धार्थनगरस्थित बेलहियाबाट पक्राउ परेका हुन् । प्रहरीले उनलाई जिल्ला अदालत धादिङमा उपस्थित गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ भदौ । गायिका आनी छोइङ डोल्मा मेची-महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्कँदैछिन् । असोज १५ गतेदेखि प्रधानमन्त्री

काठमाडौँ, २४ भदौ । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् ।  काठमाडौँ

काठमाडौँ, २३ भदौ । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट

काठमाडौँ, २३ भदौ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ । शनिबार