त्रिशूलीमा गाडी खसेको आशङ्का, खोजी कार्यमा गोताखोर परिचालन

काठमाडौँ, २ माघ । त्रिशूली नदीमा गाडी खसेको आशङ्कामा गोताखोर परिचालन गरी खोजी कार्य सुरु गरिएको छ । मुस्लिन प्रहरीले दिएको जानकारी अनुसार नारायणगढ–मुस्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशङ्का गरिएको छ।

स्थानीयले बिहान ४ः५० बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको र सो ठाउँमा नदीमा बत्ति बलेकोले प्रहरीले खोजी कार्य तीव्र पारेको हो । सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्स्पेक्टरको  कमान्डमा १३ जनाको फौज  बिहान ७ बजेबाट खोजी कार्यमा जुटेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित