निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह

भक्तपुर, २ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारका पक्षमा मतदान गर्न भक्तपुरका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । 

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाको निवासमा उनको स्वास्थ्यलाभको कामना गर्न पुगेका रक्षामन्त्री खड्काले राजनीतिक छलफलका क्रममा यस्तो आग्रह गरेका हुन् । नेपाली कांग्रेसबाट विजयी हुने सांसद, कांग्रेसका प्रदेशसभा सदस्य, जिल्लाका कांग्रेसका नेता एवं पदाधिकारीहरु, प्रतिनिधिसमेतको भेटघाट एवं छलफलमा उनले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई विजयी गराउनुपर्ने कर्तव्य पार्टीमा आएको बताए । 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहेका उपसभापति खड्काले पार्टी केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरलाई आत्मसात् गर्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका पक्षमा मतदान गर्नु प्रतिनिधि सबैलाई आह्वान गरेको नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको दुईवटा स्वायत्त क्षेत्र समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।  शनिबार

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३