आजको राशिफल

काठमाडौँ, २ माघ । आज २०८० साल माघ २ गते मंगलबारको राशीफल ।

मेष : दिन राम्रो छ । मित्रसँग भेट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । पारिवारिक सम्बन्धमा शंका रहने छ । आज वैदेशिक यात्रा नगर्नु राम्रो हुन्छ ।

वृष : समय राम्रो छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुन्छ । हरेक क्षेत्र सबल छन् । परिवारबाट राम्रो साथ र सहयोग रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ। ठुला मान्छेको साथ र सहयोग रहनेछ । अचानक नयाँ कुरा सुनेर मन प्रशन्न हुनेछ । परिवारमा भने अविश्वासको खतरा देखिन्छ ।

कर्कट : दैनिकी सामान्य छ । राम्रो काम गरे पनि नराम्रोको खोजी हुनेछ । इष्टमित्रसँग सहकार्य गर्दा सचेत हुनुपर्छ । परिवारको साथ रहने छ । प्रेम सम्बन्ध सफल हुनेछ ।

सिंह : दिन राम्रो छ । सबै क्षेत्र सबल छन् । श्रम र लगानीको क्षेत्रमा फाइदा हुनेछ । परिवारमा झगडा हुनसक्छ । बहस गर्नुभन्दा आफ्नो तर्क प्रष्टसँग राख्नु राम्रो हुन्छ । प्रेममा खटपटी हुनेछ ।

कन्या : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। साथीले गल्ती खोजिरहेकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। व्यापार लेनदेन र स्वास्थ्य क्षेत्र राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहेन छ।

वृश्चिक : समय सामान्य छ। अरु भन्दा पहिला बोलेर अगाडि बढ्ने योग छ। स्वास्थ्य र शिक्षामा सोचेजस्तो नतिजा प्राप्त नहुन सक्छ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवारमा खटपट हुने देखिन्छ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। खर्च गर्दा पनि कसैलाई चित्त बुझाउन सकिँदैन। आफ्नो योजना अरुलाई नसुनाउनु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आफ्नो योजना अरुलाई नसुनाउनु नै फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। धन कमाउने समय हो। व्यापारमा फाइदा हुनेछ। मन खुशी हुनेछ। परिवारमा मनमुटाव हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले

काठमाडौँ, १५ फागुन । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको

काठमाडौँ, १५ फागुन । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । शृंखलामा

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित