प्राधिकरणले विद्युत् कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा

काठमाडौँ, १ माघ । नेपाल विद्युत् प्राधिकरणले गत पौष ९ गते विद्युत् लाइन कटौती गरेका उद्योगहरूमा लाइन जोडेको छ । 

प्राधिकरणले विद्युत् लाइन कटौती गरेका २३ वटा उद्योगमा लाइन जोडेको हो । विद्युत् प्राधिकरणका अनुसार उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अब र २०७५ सालदेखि अहिलेसम्मको ८ अर्ब रुपैयाँ प्रिमियम शुल्क,जरिवाना र ब्याजसमेत गरी २२ अर्ब २४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । 

उद्योगहरूबाट २०७२ माघअघि देखिको डेडिकेटेड र ट्रंक लाइनको ९७ करोड रुपैयाँ प्रिमियम महसुल लिन बाँकी रहेको प्राधिकरणले दाबी गर्दै आएको छ । विद्युत् प्राधिकरणले उद्योगहरूको विद्युत् कटौतीसँगै उद्योगीहरूले प्राधिकरणले विद्युत् प्रयोग गरेको प्रमाण दिए विद्युत् महसुल तिर्न तयार रहेको बताउँदै आएको छन् । प्राधिकरणले एक्कासि डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा उद्योगहरूको विद्युत् कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा भएको जगदम्बा सेन्थेटिक्स प्रा.लि.का प्रशासकीय अधिकृत रत्नप्रसाद आचार्यले बताए । उनले उद्योगको विद्युत् कटौती गर्दा एउटा उद्योगका ६ सय श्रमिकहरूको रोजगारी समेत घुम्ने अवस्थामा पुगेको बताए । उनले विद्युत् कटौती हुँदा उद्योगले १५ दिनमा ३ करोड बराबरको इन्धन खपत गरेको बताए ।  मन्त्रीपरिषद्को निर्णय समेत अवज्ञा गरेर विद्युत् प्राधिकरणले एकलौटी अधिकारको प्रयोग गरेर उद्योगहरूलाई विस्थापित हुने डर भएको उनको भनाइ छ । उनले मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबिचको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरी विद्युत् जोड्ने निर्णय भएको तीन दिनपछि मात्रै विद्युत् जोडिएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री

काठमाडौँ, १० फागुन । पूर्व प्रदेश सभा सदस्य एवम् आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्

नेपालगञ्ज, १० फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दैन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई

काठमाडौँ, १० फागुन । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३