टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् ।

आज अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरबार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै उनले टार्गेट अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएको बताए ।

‘म अहिले १० बजे नै नियमित रूपमा सिंहदरबार जाने गरेको छु । मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु । उहाँहरू एक महिनाको टार्गेट दिएको छु । जिम्मेवारी पुरा नगर्नेलाई हेरफेर गरिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्