७ जना जुवाडे पक्राउ

काठमाडौँ, १ माघ । खाजा घरमा बसेर जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका-३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक मिना मगरको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-९ चित्लाङ बस्ने ३० वर्षीय रामकृष्ण थोकर समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ हजार ९ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज