साढे १८ लाख ऋणीले लिए ५० खर्ब ऋण

काठमाडौँ, १ माघ । राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६० खर्ब १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै करिब ५० खर्ब रुपैयाँ हाराहारी कर्जा लगानी गरेका छन् । मंसिर मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले कूल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप जम्मा गरेका छन् । सो मध्ये ४९ खर्ब ९७ अर्ब २१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी भएको हो । 

केन्द्रीय बैंकका अनुसार ५० खर्ब हाराहारी ऋण जम्मा १८ लाख ५८ हजार ३५५ जना ऋणीले चलाएका छन् । जसमध्ये वाणिज्य बैंकबाट १५ लाख २७ हजार ७१४ जनाले ऋणको उपभोग गरेका छन् भने विकास बैंकतर्फ २ लाख ८८ हजार ५७५ खातावालाले र विभिन्न बैंक तथा वित्त कम्पनीहरुबाट ४२ हजार ६६ खातावाला लाभान्वित भएका छन् । 

तर निक्षेप खातातर्फ ५ करोड ३३ लाख ३ हजार ३७८ खाताबाट कूल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप जम्मा भएको केन्द्रीय बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।