सरकार ४८ अर्ब ४६ करोड घाटामा

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको छ महिनामा आय व्ययको सरकारी खाता ४८ अर्ब ४६ करोड रुपैयाँले घाटामा देखिएको छ । आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले राजस्वतर्फ कर तथा गैरकर गरी जम्मा ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ उठाएको छ । 

तर, सोही अवधिमा यता सरकारले नियमित खर्चसँगै विकास खर्च (पुँजीगत खर्च) लगायत विविध खर्चमा ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । तथापि, उक्त खर्च पनि सन्तोषजनक भने होइन । चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको अनुमानित खर्च (बजेट) ल्याएको छ । नियमिततर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ खर्च छुट्याएको सरकारले चालु आर्थिक वर्षको छ महिनामा विनियोजित बजेटको ३८.३१ प्रतिशत अर्थात् ४ खर्ब ३७ अर्ब ३८ करोड १२ लाख रुपैयाँ हाराहारी खर्च गरेको छ । 

यस्तै पुँजीगत खर्च (विकास खर्च )तर्फ आर्थिक वर्षका लागि कूल ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ छुट्याएकोमा पुस मसान्तसम्म मुस्किलले ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो भनेको विनियोजित बजेटको जम्मा १६.३ प्रतिशत हाराहारीको मात्र खर्च हो । आर्थिक वर्ष भित्र ३ खर्ब रुपैयाँ माथिको विकास खर्च गर्नुपर्ने सरकारले आधा वर्ष अर्थात् ६ महिना बितिसक्दा समेत विनियोजित बजेटको २० प्रतिशत पनि खर्च गर्न नसक्नुले कमजोर पर्फमेन्स प्रदर्शन गर्दछ । सरकारले आर्थिक वर्षमा ६ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज