संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा छायो: राष्ट्रपति पौडेल

काठमाडौँ, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले गरेको व्यवस्था अनुसार कानुनहरू बनाएर जनतालाई अधिकार दिन ढिला हुँदा जनतामा निराशा बढेको भन्दै त्यसतर्फ राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

माघी पर्वका अवसरमा लन्चसहित सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले संविधानले जनतालाई दिएको अधिकार बेजोड भए पनि कानुन बनाएर कार्यान्वयनमा लैजान ढिला भएकोमा जनमानसमा असन्तुष्टि र निराशा छाएको बताएका हुन् । ‘संविधानले पिछडिएका, उत्पीडित र उपेक्षित वर्गलाई जे अधिकार दिएको छ त्यो कार्यान्वयनमा सार्थक हुनुपर्‍यो,’ शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले भने, ‘त्यसलाई हामीले व्यवहारमा उतार्नका लागि कानुनहरू बनाउनुपर्नेछ ।’

उनले दलका नेताहरूलाई कानुन बनाउन ध्यान दिन जोड दिँदै भने, ‘तपाई संसद्का मित्रहरू सबैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले जे परिकल्पना गर्‍यो,त्यसलाई कानुनद्वारा व्यवस्थित गर्ने आवश्यकता छ । ती कानुनहरूको निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ । देशमा निराशा र इत्यादि कुराहरू आएका छन्–त्यो संविधान कार्यान्वयनको कमीले हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज