गम्भीर आरोपसहित रास्वपाका २१ नेताद्वारा पार्टी परित्याग

बर्दिया, १ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व पङ्क्तिमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुटउपगुट मौलाएको भन्दै बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनीहरूले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर पार्टी परित्या गरेको पत्रमा उल्लेख छ । पार्टी छाड्नेमा रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेको भन्दै बोधार्थ नगर समिति,प्रदेश समिति,केन्द्रीय समितिलाई दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप