जसपाद्वारा सर्कुलर जारी

काठमाडौँ, १ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठकका निर्णय सर्कुलर गरेको छ ।

आइतबार पार्टीले महाधिवेशनको कार्यतालिकासहितको आन्तरिक सर्कुलर मातहत समितिलाई जारी गरेको हो । जसअनुसार मधेस प्रदेश अन्तर्गतका राजनीतिक समितिका सदस्यहरुको बैठक बोलाइएको छ । पार्टीको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गर्दै आगामी माघ ६ गते बिहान ११ बजे पार्टी प्रदेश कार्यालय जनकपुरमा सांगठनिक तथा राजनीतिक विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।

त्यसैगरी आसन्न माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सबैले भूमिका निर्वाह गर्ने र जसपा, नेपालको मतदाता, मतभार रहेका कोसी प्रदेश, मधेश प्रदेश, लुम्विनी प्रदेश लगायत सबै प्रदेश र अन्तर्गत जिल्लाहरुमा समेत गठबन्धनमा रहेका दलहरु संलग्न राष्ट्रिय सभा सदस्य निर्वाचन समन्वय समिति गठन गरी परिचालन गर्ने निर्णय सर्कुलर गरिएको छ ।

साथै जसपा, नेपालको विधान २०८० को धारा ५४ (३) अनुसार राष्ट्रिय समिति गठनका सन्दर्भमा सीमा जोडिएका तर ऐतिहासिक थातथलो दुई वा दुई भन्दा बढी प्रदेशमा खण्डीत भएको स्थितिमा सीमा जोडिएका पालिका प्रतिनिधिहरु जातीय वा सामुदायिक वाहुल्यताका आधारमा आ–आफ्नो पहिचानमा आधारित राष्ट्रिय समितिमा संगठित हुन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति