फरार अभियुक्त १७ वर्षपछि पक्राउ

हेटौंडा, २९ पौष । मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ ।

आज थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेहरुमा थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ४५ वर्षीय मोटे स्याङतान भन्ने राम चन्द्र स्याङ्तान र सोही स्थानका ५० वर्षीय सार्की माईला भन्ने कालु गोले रहेका छन् ।

अभियुक्तद्वयले २०६३ जेठ १९ गते मकवानपुरको साबिक टिस्टुङ गाउँ विकास समिति वडा नम्बर–४, हाल थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए । घटना पश्चात फरार रहेका प्रतिवादीहरु उपर जिल्ला अदालत मकवानपुरबाट भएको फैसला अनुसारको कैद बेरुजु फछर्यौटका लागी खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई घरबाटै पक्राउ गरेको हो ।

अभियुक्तद्वय स्याङ्तान र गोलेलाई जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्ष कैद सजाय तोकेको थियो । अदालतको उक्त फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा पेस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति