अनेरास्ववियुद्वारा विद्यालय शिक्षामा नीजि लगानी बन्द गर्न माग

काठमाडौँ, २९ पौष । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय शिक्षामा नीजि लगानी बन्द गरिनुपर्ने बताएको छ । 

संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलको क्रममा आफ्नो धारणा राख्दै अनेरास्ववियु अध्यक्ष समिक बडालले शिक्षा क्षेत्रमा नीजि लगानि बन्द गरिनुपर्ने बताएका हुन् । उनले नीजि लगानीका विद्यालय शैक्षिक गुठीमा जानुपर्ने भनिएकोमा यसले निजि विद्यालयथप खोल्न प्रोत्साहन गरेको बताए । 

विद्यालय शिक्षामा नीजि लगानी बन्द हुनुपर्छ भन्ने सुझाव रहेको बताए । कम्पनी एन अनुसार दर्ता भएका नीजि विद्यालयहरू सार्वजनिक शैक्षिक गुठीमा जानुपर्ने ब्यवस्था लागुगर्नुपर्ने बताए । विधेयकको प्रस्तावनामै त्रृटी भेटिएको भन्दै त्यसमा नै संशोधन गरिनुपर्ने बताए । शिक्षकको हकमा अहिलेको अवस्थामा नै शिक्षक पाउन गाह्रो भईरहेको अवस्थामा विधेयकमा उल्लेख भए अनुसार गरिए झन समस्या हुने बताए । 

परीक्षाको सन्दर्भमा समेत विद्यार्थीको मस्तिष्कसँग जोड्नुपर्ने बताए । सार्वजनिक क्षेत्रमा रहेकाहरूका छोराछोरीको हकमा अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था अनिवार्य रूपमा विधेयकमै राखिनुपर्ने अनेरास्ववियुको सुझाव रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित