गभर्नर अधिकारीको नाममा फेक ह्वाट्स एप : सजग रहन आग्रह

काठमाडौँ, २९ पौष । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ । 

गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ । 

राष्ट्र बैंकले भनेको छ, ‘यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्