राष्ट्रियसभा निर्वाचन : उमेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । 

आगामी माघ ११ गते हुने निर्वाचनका लागि उमेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ अनुसार खर्च गर्न पाउने छन् । 

उमेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

nirbachan-aayog-1705212999

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज