उपत्यकामा भोलिदेखि मेलम्चीको पानी वितरण हुने

काठमाडौँ, २९ पौष । काठमाडौँ उपत्यकामा भाेलि साेमवारदेखि मेलम्चीको पानी वितरण हुने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाेलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्नुहुने भएको छ । त्यसपछि उपत्यकावासीको धारामा पानी आउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले बताउनुभयो । उहाँका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट यही पुस २५ गते हेडवर्क्समा पानी पठाइएको छ ।

पानी सुन्दरीजल आइसकेको र सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौँमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने अन्सारीले बताउनु भयाे । शुरुमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, केयूकेएललाई पाँच करोड लिटर पानी उपलब्ध गराइने छ । भाेलि पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाइ क्रमश: खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौँको समग्र

काठमाडौँ, १७ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा

काठमाडौँ, १७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, १७ कार्तिक । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ