किवाचोकमा ६३ जनाद्वारा रक्तदान

भक्तपुर, २८ पौष । ‘सेवा नै धर्म हो’ भन्ने मुख्य मान्यताका साथ सूर्यविनायक नगरपालिका वडा नं. ७ किवाचोकमा ६३ जनाद्वारा रक्तदान गरेका छन् ।

‘रगत नपाए भक्तपुर जानु’ भन्ने मुख्य नारालाई चरितार्थ बनाउने लक्ष्यका साथ किवाचोक युवा क्लवले आयोजना गरेको बृहत रक्तदान, अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर तथा बाल्कर वितरण कार्यक्रममा ६३ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो ।

पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा आज उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ । रगत नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थालाई न्युनिकरण गर्ने योजनाका साथ नेपाल रेडक्रस सोसाईटीको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । रक्तदानको साथ साथै ह्विलचियर, वाल्कर तथा बैसाखी समेत वितरण गरिएको थियो । नेता वस्नेतले सामाजिक सेवाले समाज रुपान्तरण तथा दुखी गरिवहरुको साहाराको रुपमा रहेको बताउँदै सहयोग गर्नुहुने सम्पूर्ण महानुभवहरुलाई विशेष आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । सांसद सपना राजभण्डारीले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएकोप्रति आज संसद बैठकमा

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले