चन्द्रागिरिमा गाडी पल्टँदा चारजनाको मृत्यु

काठमाडौँ, २८ पौष । चन्द्रागिरि नगरपालिका–४, पानीघाटनजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा काठमाडौँको मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँकै लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

प्रहरीका अनुसार, भ्यानमा ६ जना सवार थिए । चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुई घाइतेलाई उपचारका निम्ति बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा. सृष्टि तिवारी घाइते छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, १६ फागुन । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् । सुर्खेतमा आयोजित

काठमाडौँ, १६ फागुन । ललिता निवास परिसरको जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाले जारी गरेको सातदिने सूचना कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

कवासोती, १६ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा

काठमाडौँ, १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मंगलबार मिटरब्याज पीडितहरुले भृकुटीमण्डपदेखि