स्थानीय तहले राष्ट्रिय सहरी भवन संहिताको कार्यान्वयन गरेनन्: मन्त्री गुरुङ

काठमाडौँ, २८ पौष । सहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय सहरी भवन संहिता कार्यान्वयन गर्न नसकेको बताएकी छन् ।

आज डिप्लोमा इन्जिनियर्स एसोसिएसनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको प्रकोप प्रतिरोधी र भौतिक पूर्वाधार गुणस्तर विषयक अन्तरक्रियामा उनले स्थानीय तहले राष्ट्रिय सहरी भवन संहिता कार्यान्वयन नगरेको बताएकी हुन् । 

उनले सहरी विकास मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर ७५३ वटै पालिकामा पठाए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । मन्त्री गुरुङले  पालिकाहरूले प्राविधिकको कमीका कारण कार्यान्वयन गर्न नसकेको बताउने गरेको बताइन् । सकारले बनाएका नीतिनियम कार्यान्वयन गर्न स्रोतसाधनको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्