प्रचण्ड, ओली र देउवालाई बोलाएर राष्ट्रपतिले गरे छलफल

काठमाडौँ, २७ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतलनिवासमा बोलाएर मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी  सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा

काठमाडौँ, २ असार । नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको

काठमाडौँ, ३१ जेठ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय

काठमाडौँ, ३० जेठ । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन्