ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन् : अध्यक्ष नेपाल

काठमाडौँ, २७ पौष  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।  

पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाए । त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने बताए उनले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

अध्यक्ष नेपालले भने, ‘हामीले देखिरहेका छौँ, हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ ? हुन सक्दैन । त्यसो हुनाले चुनौती छन् । यति सजिलो छैन । आफ्नै शक्ति बलियो बनाउनु पर्दछ । गठबन्धनमाथि पनि भरोसा गरेर अनि उनीहरुले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ले प्रदर्शन मिति तय गरेको छ । छायांकनमा रहेको चलचित्र दसैँको ‘फूलपाती’मा रिलिज हुने

काठमाडौँ, २६ माघ । ‘अरेली काँडैले मलाई च्वास्सै…’ युट्युवमा १० करोड पटक हेरिने पहिलो नेपाली लोकगीत बनेको छ । शनिबार

काठमाडौँ, २५ माघ । आजदेखि एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘ममी’, ‘सारंग’ र ‘जुनाः

काठमाडौँ, २५ माघ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको सय दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको