६० किलो गाँजासहित दुईजना पक्राउ

उदयपुर, २७ पौष । उदयपुरमा गाँजासहित दुईजना पक्राउ परेका छन् । कटारी नगरपालिका–७, देउलीकुनाबाट ६० किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–२ बस्ने ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रीस्कु कटारीबाट खटिएको प्रहरीले तीनवटा बोरामा उक्त परिमाणको गाँजा बोकी लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९