मधेश प्रदेश बन्द गर्ने आजपाको निर्णय

रौतहट, २७ पौष । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय गरेको हो । बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा  दिलाउन माग ११ गते मधेश बन्द गर्ने निर्णय गरेको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए । 

उनका अनुसार बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले  मधेश प्रदेसको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने छ । आजपाले माघ ११ गते राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेश बन्दको घोषणा गरेको देखिन्छ । आजपाले राष्ट्रियसभा निर्वाचनमा भाग पनि लिएको छ । माघ ११ मा सातै प्रदेशमा गरी राष्ट्रियसभाका १९ पदमा निर्वाचन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ