पृथ्वीनारायण आधुनिक नेपालको एकीकरणकर्ता हुन् : सभापति देउवा

काठमाडौँ, २७ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गरेका अर्थतन्त्र, परराष्ट्रलगायत कतिपय नीतिहरू अझपनि सान्दर्भिक रहेको बताएका छन् । 

शुक्रबार ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाल र नेपालीको पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्राप्त होस् भन्दै शुभकामना दिएका छन् । 

‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरूलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका शाहले अवलम्बन गर्नु भएका स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका छन्,’ देउवाले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९