एकीकरणकै कारण सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार तयार : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २७ पौष । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छिन् । 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले शाहले सुरु गरेको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गरेकी छिन् । उनले एकीकृत र अखण्ड नेपाल निर्माण तथा स्वाधीनता रक्षाका लागि जीवन उत्सर्ग गर्ने वीर पूर्खाप्रति सम्मान प्रकट गरेकी छिन् । पृथ्वीनारायण शाहले सुरु गरेको भौगोलिक एकीकरणको अभियानलाई अझ विस्तृत र व्यापक बनाई नेपाली जनताको भावनात्मक एकीकरणमार्फत मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत त्यसबाट तयार भएको उनको भनाइ छ । 

शुभकामना सन्देशमा भनिएको छ, “हामी नेपाली कहिल्यै कसैको अधीनमा नपरेको राष्ट्रका नागरिक हुनुमा गौरवान्वित हुन सकेका छौं । एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न हामी सफल भएका छौँ ।”

पूर्वराष्ट्रपति भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मुलुकलाई स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र भएको राष्ट्र निर्माण गर्ने अभिभारा हाम्रो भएको उल्लेख गरेकी छिन् । “यस युगीन दायित्वलाई व्यवहारमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई निरन्तर बलियो बनाई  जनताको सुख र समृद्धि हासिल गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । वायु स्वच्छता मापन गर्ने आईक्यू एअरका अनुसार यो समाचार

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४