टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो

काठमाडौँ, २६ पौष । नेपाल टेलिकमको फाइबर टू द होम (एफटीटीएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ ।

बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटीटीएच ७४ जिल्लामा पुगेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुम पूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको छ । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुविधा प्राप्त गर्नेछन् ।

रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटीटीएच सेवा विस्तार गरिएको भए पनि रुकुमपूर्व भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रुपमा थपिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘यो सँगै आजदेखि देशका ७४ जिल्लामा नेपाल टेलिकमको एफटीटीएच सेवा पुगेको घोषणा गर्न पाउँदा गौरव महसुस भएको छ । बाँकी तीन जिल्लामा पनि जतिसक्दो चाँडो सेवा पुर्याउन नेपाल टेलिकमलाई आग्रह गर्न चाहन्छु ।’

अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा अप्टिकल फाइबर पुग्न बाँकी छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र थप दुई जिल्ला मुगु र डोल्पामा एफटीटीएच सेवाको पहुँच विस्तार गर्ने योजना बार्षिक कार्यक्रममै राखेको जानकारी दिंदै मन्त्री शर्माले यो कामलाई शीघ्र रुपमा अघि बढाउन आग्रह गरिन् । उनले भनिन्, ‘एकातिर ७७ वटै जिल्लामा सेवा विस्तारका लागि लाग्नुपर्ने छ भने अर्कोतिर जिल्ला सदरमुकाबाट पालिका र वडा तहसम्म सेवा विस्तारका लागि ध्यान दिनुपर्ने आवश्यकता छ ।’

सल्यानबाट करिब एक सय किलोमिटर अप्टिकल फाइबर तानेर मुसीकोटहुँदै रुकुमकोटसम्म पुर्याएर दुवै जिल्लाका सदरमुकाममा एकैसाथ आजदेखि सेवा आरम्भ गर्न सफल भएकोमा नेपाल टेलिकम तथा यस कार्यमा निरन्तर खट्ने कर्मचारी र प्राबिधिकहरुलाई धन्यवाद दिंदै मन्त्री शर्माले द्रुत क्षमताको इन्टरनेट सेवा प्राप्त गर्न सफल भएकोमा दुवै जिल्लाका बासिन्दालाई बधाइ ज्ञापन पनि गरिन् । सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै उनले पछिल्लो समयमा भूकम्पबाट प्रभावित रुकुमपश्चिम, जाजरकोटलगायत १९ जिल्लामा नमूना सेवा पुर्याउने जिल्लाको रुपमा अभियान थालिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने