एकीकृत समाजवादी : केन्द्रीय कमिटी १७५ सदस्यीय बनाउन प्रस्ताव 

काठमाडौँ, २६ पौष । नेकपा (एकीकृत समाजवादी)ले अन्तरिम विधान २०७८ लाई संशोधन गर्दै छ । आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ । 

एकीकृत समाजवादीले विधान संशोधनका लागि तल्ला कमिटीको सुझाव लिने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकमा प्राप्त भएको सुझावका आधारमा बनेको विधान मस्यौदा प्रस्तावलाई जिल्लासम्म पठाउने र त्यसैको आधारमा सुझाव लिने निर्णय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

अहिले संशोधन हुन लागेको विधानका व्यवस्थाका विषयमा छलफल जारी छ । उक्त पार्टीमा विधान संशोधनका लागि गरिएको प्रस्तावमा कमिटीका आकार घटाइने उल्लेख छ । हाल २४ पदाधिकारीसहित ३५१ सदस्यीय रहेको केन्द्रीय कमिटीलाई १७५ बनाइने प्रस्ताव छ । जसमा ११९ पूर्ण र वैकल्पिक १६ जना केन्द्रीय सदस्य रहने छन् । कुल संख्याको एकतिहाइ महिला राख्ने प्रस्ताव छ ।

त्यस्तै, ४५ सदस्यीय स्थायी कमिटी र ११५ सदस्यीय पोलिटब्यूरो रहने व्यवस्थामा पनि परिवर्तन गरिने नेताहरूले बताएका छन् । जसमा पदाधिकारीसहित १९ सदस्यीय स्थायी कमिटी र ५७ सदस्यीय पोलिट्ब्यूरो रहने प्रस्ताव गरिएको छ । सोही प्रस्ताव अब जिल्ला कमिटीसम्म पठाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भोजपुर, ५ असार । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट

काठमाडौँ, ५ असार । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ ।  पश्चिमी सीमानाका

काठमाडौँ, ५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ असार । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।  यौन हिंसा पीडितका