एमालेले टीआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्नुस् : सचेतक बर्तौला

काठमाडौँ, २६ पौष । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन् ।

आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले नेकपा एमालेले पीडितका आवाजहरु र बाहिर जनताका आवाजहरु बोलेकाले ती आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिए ।  उनले भने– ‘यी विषयहरु हामी सहमतिमै टुंग्याउन सक्छौँ । यदि भएन भने बिल निर्माणको आफ्नो प्रक्रिया छ । बिल निर्माणको आफ्नो प्रक्रियामा हाम्रा भनाइहरु रहन्छन् ।’ 

उनले एमालेले असहमति जनाएका कुराहरुलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरु प्रक्रियागत रुपबाट अघि बढाउन सक्ने बताए ।  उनले विधेयक निर्माण गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरु मिलेर विधेयक आफू अनुकुलको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको बताए । उनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको बताए ।

‘यो कुरा फेरि पनि भन्छु तर मान्छेहरुलाई यति के नपरोस् भने हिजो टाउकोको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुरजी पनि र तोकिने पुष्पकमल दाहालज्यु पनि सरकारमा हुनुहुन्छ । सरकारबाट मिलेर बनाए भन्ने भ्रम जनतामा नपरोस् । त्यसमा हामी सचेत छौँ । गहन छलफल गरेर नै टुंग्याऔँ’ बर्तौलाले भने, ‘व्यवस्थित कानुन बनाउने कोणबाट नै हामीले सोचेरै जाऔँ । सबैको साझा विषय हो भन्ने ठाउँबाट बुझ्नुहोला । सरकारको तहबाट समाजमा उठेका मुद्दा प्रतिपक्षका बेन्चबाट आउँछन् भन्ने ठानिदिनुपर्छ । विधेयक निर्माणको प्रक्रियामा आफू अघि बढ्न सक्नुहुन्छ, एमालेले रोकिरहेको छ भन्ने प्रचार गर्दै हुनुहुन्छ, यो गलत छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।