अनलाइन जुवा खेलाउने तीन जना पक्राउ

काठमाडौँ, २६ पौष । अनलाइनमार्फत जुवा खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने/गराउने तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौँको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती नगरपालिका-२१ को निशानराज कार्की र सर्लाही बरहथवा नगरपालिका-११ हिरापुरा घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने २५ वर्षीय निशान गौतम छन् ।

प्रहरीले उनीहरूको साथबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई  आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ