मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

कैलाली, २६ पौष । कैलालीको कर्णाली चिसापानीमा पर्ने पितपारी नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ घरतर्फ जाँदै गरेका दम्पती चढेको मोटरसाइकल कुइने कर्णाली चिसापानी सडक खण्डअन्तर्गत पितपारी नजिक दुर्घटना भएको हो ।

भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षका खगेन्द्रप्रसाद ढकाल र ३४ वर्षकी महेश्वरी तिमिल्सिना ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ ।

सडकदेखि झण्डै ३ सय मिटर तल नदि किनारको खोँचमा हिजो बेलुका ८ बजे केही उज्यालो देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते दम्पतीलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण