दुई दिनमा २८ अर्ब ८७ करोड राजस्व संकलन

काठमाडौँ, २६ पौष । पछिल्लो दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

सरकारी आय व्ययको विवरण राख्ने निकाय महालेखा नियन्त्रको कार्यालयको तथ्यांक अनुसार पुस २४ गते १७ अर्ब ४० करोड ९८ लाख र पुस २५ गते ११ अर्ब ४५ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन भएको हो । नेपाल राष्ट्र बैंकको आम्दानीबाट सरकारले पाउनुपर्ने लाभांश पनि यही समयमा आएको कारण राजस्व तुलनात्मक रूपमा बढी देखिएको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।

मंगलबार कर राजस्व सात अर्ब तीन करोड र गैर कर राजस्व १० अर्ब ३७ करोड ९८ लाख उठेको थियो । गैर कर राजस्व मध्ये १० अर्ब रूपैयाँ राष्ट्र बैंकले लाभांशबापतको रकम राजस्व खातामा जम्मा गरेको हो । ब्याज, जरिवाना, लाभांश, रोयल्टी लगायतको रकम गैर कर राजस्व अन्तर्गत पर्छ ।

त्यस्तै बुधबार १० अर्ब २१ करोड १० लाख रूपैयाँ कर राजस्व र एक अर्ब २४ करोड ८५ लाख रूपैयाँ गैर कर राजस्व उठेको छ । अर्थमन्त्रालयले पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँको राजस्व उठाउने लक्ष्य राखेको छ । पुस २५ गतेसम्म ७९ अर्ब रूपैयाँ राजस्व उठेको छ। राजस्व प्रशासनले पुस महिनालाई राजस्वको आधार महिनाको रूपमा लिने गर्छन् । पुस महिनामा उठ्ने राजस्वले आगामी ६ महिनामा उठ्ने राजस्व निर्धारणमा सहयोग पुग्ने राजस्वका अधिकारीहरूको भनाइ छ ।

आर्थिक वर्ष २०७८–७९ मा उठेको १० खर्ब ६३ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २९ अर्ब रूपैयाँ उठेको थियो ।

आर्थिक वर्ष २०७९–८० मा नौ खर्ब ५७ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २५ अर्ब रूपैयाँ राजस्व उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने