वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई संगठित गर्दै समाजवादी ट्रेड युनियन महासंघ

काठमाडौँ, २५ पौष । समाजवादी ट्रेड युनियन महासंघले वैदशिक रोजगारीमा रहेका श्रमिकहरुलाई संगठीत गर्ने अभियान थालेको छ । जसअनुसार युएइमा कार्यरत श्रमिकहरुलाई संगठीत गर्न महासंघअन्तर्गतको घटक संगठन स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघले सदस्यमार्फत आज संगठनको झण्डा र व्यानर हस्तान्तरण गरेको छ ।

 संगठनले उक्त मुलुकमा रहेका नेपाली श्रमिकहरुलाई एकिकृत र संगठीत गर्दै श्रमिकहरुको समस्या र अधिकारका लागि पहल गर्ने स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघका अध्यक्ष प्रेम तामाङ्गले बताए । सो अवसरमा केही श्रमिकहरु समेत पार्टी प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले खादा ओढाएर स्वागत गरेका थिए । सो अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल तथा पार्टीका युवा नेता विकास व्लोनलगायत उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९