कोरोना विरुद्धको करिब १२ लाख डोज खोप मौज्दात छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २५ पौष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनाएको छ । कोरोना विरुद्धको १० देखि १२ लाख डोज खोप मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले रातोपाटीलाई बताए । सो खोप नलगाएका व्यक्तिले आफ्नो पायक पर्ने स्थानबाट खोप लगाउन समेत उनले अग्राह गरे । 

देशभर ९२ प्रतिशत सङ्ख्याले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८ प्रतिशत व्यक्तिले खोप लगाउन बाँकी छन् । नेपालमा नयाँ सब–भेरियन्ट जेएन. १ को पुष्टि भएसँगै खोप नलगाएका व्यक्तिलाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो ।

हालै पुष्टि भएको ओमिक्रोनको नयाँ सब–भेरियन्ट खोप नलगाएका व्यक्तिलाई खोप लगाएका व्यक्तिको तुलनामा बढी प्रभाव हुनसक्ने भएकाले खोप लगाउनुपर्ने बुढाथोकीले बताए । देशभर ५ वर्ष बढी उमेरकाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९