रामपुर जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

पोखरा, २५ पौष । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादमा दुर्घटना भएको छ । भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो । 

ग १ ज ७५३४ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार चालक सहित १२ जनालाई उद्धार गरिएको छ । घाइतेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । तीमध्ये बढी घाइते भएका ३ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले दुई महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाले असार १ गतेदेखि

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ३ असार । आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बस्दैछ । आजको दिउँसो १ः०० बजे बस्ने बैठकमा सङ्घीय

काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैङ्कले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange