रामबहादुर बम्जन पक्राउ

काठमाडौँ, २४ पौष । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए । बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।