नागार्जुनद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

काठमाडौँ, २४ पौष । नागार्जुन नगरपालिकाले प्रहरी वृत्त स्यम्बुलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । नगरपालिका क्षेत्रलाई शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले नगरपालिकाले मोटरसाइकल तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकाले अमन चयनलाई मध्यनजर गर्दै शान्ति सुरक्षामा सहज वातावरण सिर्जना गर्न मोटरसाइकल हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिका क्षेत्रभित्रको सुरक्षालाई अझ प्रभावकारी बनाउन टेवा पुर्याउने हेतुले प्रहरी वृत्तलाई मोटरसाइकल हस्तान्तरण गरिएको बताउनुभयो ।

प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक भूपेन्द्र खत्रीको प्रमुख आथित्यतामा नगरपालिकाले मोटरसाईकल हस्तान्तरण गरेको हो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, प्रहरी लगाएतको उपस्थिति रहेको थियो । नगरपालिकाले यस अगाडि विभिन्न समयमा प्रहरी वृत स्वयम्भूलाई आवश्यक सुरक्षाका सामाग्रीहरु सहयोग प्रदान गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने