नेप्से परिसूचक २० अंकले बढ्यो

काठमाडौँ, २४ पौष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अंकले बढेर बन्द भएको हो । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ प्रतिशतले बढेर बन्द भयो ।

हिजो सोमबार नेप्से ३६ अंकले बढ्दा ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । हिजो र आजको कारोबार रकम जोड्दा १० अर्ब ७७ करोड रुपैयाँभन्दा बढी हुन्छ । आज परिसूचक २० अंकले बढ्दा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।

अन्तिममा २०८० अंकमा आइपुगेर बन्द भएको नेप्से कारोबार समयमा २०९७ अंकसम्ममा पुगेको थियो । कारोबार अवधिमा उच्च अंक छोएपनि अन्तिममा २०८० मा आइपुगेको हो । १ प्रतिशतले सूचक बढेको दिन आज १६५ कम्पनीको सेयर बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका