नेप्से परिसूचक २० अंकले बढ्यो

काठमाडौँ, २४ पौष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अंकले बढेर बन्द भएको हो । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ प्रतिशतले बढेर बन्द भयो ।

हिजो सोमबार नेप्से ३६ अंकले बढ्दा ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । हिजो र आजको कारोबार रकम जोड्दा १० अर्ब ७७ करोड रुपैयाँभन्दा बढी हुन्छ । आज परिसूचक २० अंकले बढ्दा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।

अन्तिममा २०८० अंकमा आइपुगेर बन्द भएको नेप्से कारोबार समयमा २०९७ अंकसम्ममा पुगेको थियो । कारोबार अवधिमा उच्च अंक छोएपनि अन्तिममा २०८० मा आइपुगेको हो । १ प्रतिशतले सूचक बढेको दिन आज १६५ कम्पनीको सेयर बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ